FAQs Complain Problems

समाचार

एकीकृत शहरी बिकास योजनाको पहिलो चरणको तेस्रो स्थानमा नलगाड नगरपालिका जाजरकोट

चालू आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार शहरी बिकास मन्त्रालयले नयाँ गठन भयका ७ प्रदेश बाटै पर्ने गरि १८५ वटा नगरपालिकाको एकीकृत शहरी बिकास योजना तयार पार्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा ९० नगरपालिक र दोस्रो चरणमा ९५ वटा नगरपालिका परेका छन।

त्यस्तै क्रममा एकीकृत शहरी बिकास योजनाको पहिलो चरणको तेस्रो स्थानमा नलगाड नगरपालिका जाजरकोट परेको छ।शहरी बिकास योजना अन्तरगत भौतिक पुर्बाधार(सडक,खानेपानी स्वास्थ्य ,सिचाई,शिक्षा ,सन्चार,विद्युत,कृषि )आदि परेका छन।नगरपालिकाको सामाजिक आर्थिक अबस्थाको बिस्तृत अध्ययन गरि सो को प्राबिधिक अनुसन्धान सहिसहि२० बर्षको कार्ययोजना बनाईने छ भएको छ।साथै परामर्श खरिदको पहिलो चरण करिब सकिएको छ।विशेष एकीकृत शहरी बिकास योजना कार्यक्रम माननिय पुर्ब गृहमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शक्ति बस्नेत ,पुर्ब शहरी बिकास मन्त्री प्रभु शाहको कार्यकालमा नै पहल भएको थियो।

साथै आबश्यक विभिन्न पहल कदमी जाजरकोट काटमाण्डौ जन सम्पर्क मंचका अध्यक्ष सुदाम गौतम र समाज सेवि ब्यक्तित्व निरज शाहले गर्नु भएको हो भने नगरका हरेक तथ्यांक, नगरका आबश्यकता, नलगाड नगरपालिकाका मेयर टेक बहादुर रावलले गर्नु भएको छ।साथै नमुना नगर निर्माण र नगरका हरेक बिकास बारे आफुहरु सदैव  लागि रहने समेत उहाहरुले बताउनु भएको छ।

http://bherikhabar.com/2018/03/12553