समाचार
दल्लीमा बहिरंग शिवीर सञ्चालन
दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन
२०७४/१०/१८ गते,
नलगाड नगरपालिकाको दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, सामुदायिक आँखा उपचार केन्द्र, जाजरकोट, पहाडी क्षेत्र बिकास अभियान जाजरकोट र नलगाड नगरपालिकाको आयोजनामा बिहीवार दल्लीमा बहिरंग शिवीर सञ्चालन गरिएको हो ।
ब्रेनोज यरकेर प्रोगोराम, नेपालगञ्जको प्राबिधिक सहयोगमा आँखा कानका बिरामीहरुलाई सेवा दिन बहिरंग शिवीर सञ्चालन गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए । उक्त शिवीरमा बारेकोट, छिमेकी जिल्ला रुकुम, आठबिसकोट, रारी लगाएतका ठाउँका बिरामीहरुले सेवा लिएका छन् ।
एक दिनका लागि सञ्चालन गरिएको शिवीरलाई विरामीहरुको संख्या बढिभएपछि भोली शुक्रवार पनि सञ्चालन गरिने नलगाड नगरपालिकाको सचिवालयले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा बिहीवार बिहान १० बजेवाट सुरु भएको आँखा, कान सम्बन्धिीको बहिरंग शिबीरमा पहिलो दिन एक सय ४२ जना बिरामीले सेवा लिएका छन् ।